The news from New Generation with new vision.

खड्काको सम्मानमा ७ दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

7

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिन पार्टी औपचारिक कार्यक्रम नगर्ने भएको छ । खड्काको शुक्रबार निधन भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले खड्काको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति भएको ठहर गरेको छ । बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै ५ दिन अर्थात २२ गतेसम्म कार्यालय बन्द गर्ने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।

७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिनेछ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन
सम्बन्धित पाेष्टहरु