‘बिग्रे आफु बिग्रन्छु, सप्रे सारा देश सपार्छु, आमा म राजनीति गर्छु’

गते प्रकाशित

रबिन थापा 

आमा ! मलाई तपाइले मेरो छोरो सरकारी जागिरे बन्छ धेरै पैसा कमाउछ अनि आमालाई पाल्छ भन्दै बोलेको हिजो जस्तो लाग्छ तपाइले मलाई हुर्काउन सक्षम बनाउन धरै इच्छा आकाक्षा समर्पित गर्नुभएको छ । छोरा पढाई सकेर बाहिर जाओस अनि उच्च शिक्षा हासिल गरोस भन्ने चाहानुहुन्छ तपाइकै कृपाले आज म त्यो सपना पुरा गर्ने स्थितिमा पुगेको पनि छु तर आमा, म विदेश जान्न स्वदेशमै पढ्छु अनि राजनीति गर्छु।

केहि समय अघि ग्रामिण आदर्श बहुमुखी क्याम्पस मा स्ववीयु चुनाब मा सभापतिको उमेद्वार हुदा तपाइले छोरा पढाई बिगारेर राजनीतिमा लाग्यो भनेर सात दिन नबोलेको बिर्सेको छैन तपाइको चिन्ता जायज हुन आफ्ना छोरा छोरी ठुलो मान्छे बनुन धरै पढून भन्नु सबै आमाहरुको चाहना हो अहिलेको राजनीतिक अबस्था हेर्दा आफ्ना छोराछोरी राजनीतिमा नलाग्नु भन्नु बुबाआमाको ठाउबाट सहि हो।

तर आमा पोखरी फोहर छ भनेर म चुपचाप हेरेर बस्न सक्दिन, जब म मा सेकेन्ड लेफ्टिनेन्टको तयारी मा तयारीमा लागे रानीतिक दाउपेच मा आफ्ना मान्छे भर्ति गरेको खबर आयो आमा तपाइँ राजनीति नगर भन्नु हुन्छ तर म जन्मिएको राजनीति गर्न जस्तो लाग्छ आमा तपाईलाई मेरो सानो प्रश्न तपाईका छोराछोरी राजनीतिमा लाग्न नहुने अनि अर्काका छोराछोरीले तपाईका निम्ति यो देश किन बानाइ दिनु पर्ने ?

हजुर ले जस्तै सबैले यहि सोच्छन अब भन्नुस देश कसले बनाउने ?हुन त देश बनाउन राजनीति नै गर्नु पर्छ भन्ने होइन आ आफ्नो स्थान बाट राम्रो काम गरेर पनि देश बनाउन सकिन्छ तर त्यसका निम्ति राजनीति सफा हुनुपर्छ अहिलेको राजनीतिमा धरै कम मात्रामा सक्षम मानिस छन् केहि गर्ने माहोल नै बन्न सकेको अबस्था छैन त्यसैले आमा अब युवा अघि सर्नु पर्छ अनि देश विकास अरु क्षेत्र संगै राजनीतिमा पनि लाग्नु पर्छ त्यसका लागि मैले अघि पाइला चाल्नै पर्छ।

समय धरै अघि बढिसक्यो अब हाम्रो पुस्ता संग पनि पर्खन समय छैन यो पुस्ता संग भएको उत्तम र अन्तिम मौका यहि हो मलाई विकास अनि समृद्दि राजनीति गर्नु छ त्यसैले आमा मलाई नरोक्नुस बरु राजनीति गर्न आशिर्बाद दिनुस मलाई यो देशमा असक्षम नेताहरु अनि देश को हालत देख्दा पिडा हुन्छ हामीलाई प्राकृतिकले सबै कुरा दिएको छ सारा विश्वले त्यो कुरा देखेको छ।

यहा बहुदलीय प्रजातन्त्र आएको तिन दशक पुग्न लागि सक्यो यति समय मा त मरुभूमि हराभरा हुन्छ तर हाम्रो हराभरा देश मरुभूमि भएको छ देशमा गणतन्त्र आउनु भन्दा आगाडी देशको बेरुजु ५० अर्ब थियो त्यो बढेर अहिले २८० अर्ब पुगिसकेको छ अब पनि हाम्रा पुस्ताले त्यो दायित्व नलिने हो भने देश कहिलै बन्दैन एक दिन यस्तो दिन आउनेछ नेपालीले आफु नेपाली हु भन्न लाज मान्ने छन् त्यस्तो परिघटना रोक्नु पर्छ त्येसैले आमा मलाई २१औं शताब्दीको विकास उन्मुख राजनीति गर्नु छ धरै बर्ष कोहि आएर देशको नेतृत्व लिन्छ कि भनरे पनि हेर्यौ अब आफै अघि बढेर चुनौती दिने बेला आएको छ।

मैले केहि समय यता सामाजिक राजनीतिक अभियानहरु कै सिलसिलामा तपाइँ हामीले आशा गरेका धेरै नेता सामाजिक व्यक्तित्व मन्त्रि प्रधानमन्त्री हरु भेटे अनि उहाहरुसंग को भिजन बुझ्ने मौका पाए यहाहरु भेटे पछि म भित्र रहेको अलिकति आशा पनि मर्यो सेतो कमिज लगाउनेहरु दाग लाग्ने डरले राजनीतिमा हाम फाल्न सक्दैनन् अनि फोहर कमिज लगाउने लाई देश र जनताको वास्ता छैन त्यसैले पनि म जस्ता युवा संग अब बिकल्प छैन न त समय नै छ अब यो देश युवा ले नै अघि बढाउन पर्छ आमा, नेपाल एकीकरण गर्न निस्कदा वडा महाराजधिराज पृथ्बी शाह १९ बर्षका थिए ।

३१ बर्षको उमेरमा भिमसेन थापा यहि देशका प्रधानमन्त्री बनेका थिए १९ बर्ष कै उमेर मा मार्क जुगर्बले फेसबुकबाट दुनिया हल्लायाका थिए इतिहास साक्षी छ आमा युवाले देश बनाएका छन् संसार हल्लाएका छन् नपत्याउन खोलाले बागाएको छ बिपी कोइराला राजनीतिमा जानु अघि ठुला नेता थिए र ?

के नेल्सन मण्डेला परिस्थिति संग भागेर नेल्सन मन्डेला बनेका हुन् र ? हैन आमा, मलाई यो बन्दै गरको इतिहासमा एउटा इट्टा थप्ने मौका दिनुस अब यो देशमा आधुनिक कृषिका बारेमा किसान संगै खेत जोत्ने नेता चाहिएको छ इन्जीनियर अनि विग्य हरु संग बसेर पूर्वाधारको कुरा गर्न सक्ने मन्त्री चहिएको छ।

शिक्षा अनि स्वास्थ्य लाई प्राथमिकता मा राखेर नीति बनाउने संसद चाहिएको छ अनि यो देशलाई युवा संगै गितार बोकेर युवासंग झुम्न सक्ने प्रधानमन्त्रीको खाचो छ त्यसैले म जस्तो युवा मैदान मा आउनुको बिकल्प छैन मैले धेरै युवा लाई प्रतिनिधित्व गर्नेछु मैले धेरै युवालाई राजनीतिमा आउन प्ररित गर्नेछु।

आमा मैले राजनीती गर्नुपर्छ आमा देश बनाउने उत्तम समय तपाइकै पालामा थियो त्यतिबेला भएन त्यसैले पनि अब म अघि बढ्नु पर्छ धेरैलाई अघि बढाउन पर्छ तपाइको पुस्ताले अलि बढी सक्रियता लिएको भए आज मैले राजनीति गर्नु पर्ने थिएन त्यसैले पनि म मेरो आगामी पुस्ताको लागि निराशा छाडेर जान सक्दिन आमा अझै पनि मलाई बुझ्नु भएन अनि राजनीति गरेर भबिष्य बिगार्दै छ भनेर सोच्नुहुन्छ भने आमा म तपाइँ संग माफी माग्दै यति भन्न चाहन्छु बिग्रे आफु बिगर्न्छु सप्रे सारा देश सपार्छु आमा म राजनीति गर्छु।

थापा राष्ट्रवादी विद्यार्थी संघका प्रवक्ता हुन्।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।