ठमेलपछि पोखराको लेकसाइटमा पनि सवारी साधन निषेध

गते प्रकाशित

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाईडलाई ‘नो भेइकल जोन’ घोषणा गरिएको छ।

loading...

आन्तरीक र वाह्य पर्यटकका कारण पर्यटकीय क्षेत्र लेकसाईड साँघुरिन थालेपछि सवारी साधन पार्किङ गर्न असहज भएको भन्दै निषेध गरिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ को आयोजनामा नो भेइकल जोन घोषणा गरिएको हो ।

प्रदेश ४ का सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा नो भेइकल जोन भएको घोषणा गरेका हुन् ।

शुक्रबार र शनिबार लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करीब १ किलोमिटर क्षेत्रमा हाललाई बेलुकी पाँच बजेपछि सवारी लैजान पाइने छैन ।

कमेन्ट गर्नुहोस्
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।