The news from New Generation with new vision.

बद​नाम​ भ​एछ​ मेरो टीकापुर​ !

यज्ञराज उपाध्याय 

टीकापुर, कैलाली । टीकापुरमा हुने बारम्बारका नकारात्मक घटनाहरुले टीकापुर अहिल देश मै बदनाम हुन पुगेको छ। बुद्ध जन्मेको देश नेपालकै तराई जिल्ला कैलालीको पुर्वी क्षेत्रमा पर्ने टीकापुरको केही बर्ष पहिले आफ्नै छुट्टै पहिचान भए पनि अहिल त्यो सबै बालुवामा पानी हाले जस्तै हुन पुगेको छ ।अन्य ठाउँहरु राम्रा र चमत्कारिक कामहरु गरेर राष्ट्र मै चिनिन्छन तर टीकापुर भने नराम्रा कामहरुले मात्र देशै भरी चिनिसकेको छ ।

श्री ५ राजा महेन्द्रले टीकापुरका पिता समान खड्ग बहादुर थापालाई उपहार स्वरुप सुम्पेको टीकापुर (टाउन) २०२८ श्रावण १ गते देखि टीकापुर बिकास समितीको स्थापना सङ्गै बिकासको गतिमा दौडिएको सहर हो।

जहाँ असम्भव भन्ने केही भन्ने केही छैन र सौर्न्दर्यका हिसाबले हेर्ने हो भने पनि अरु ठाउँ भन्दा माथी नै छ, पर्यटकहरु पनि धेरै आगमन हुने ठाउँ हो टीकापुर । टीकापुरको शिर सुदुर पश्चिम मात्र नभएर नेपाल भरी नै चुलिनुको मुख्य कारण टीकापुरमा भएको साझा बगैंचा टीकापुर पार्क र त्यही पार्कको छेउबाट बग्ने नेपालकै लामो नदि कर्णाली हो । जहाँ मौसम बेमौसम केही नभनी बर्शको कुनै दिन मानिस खाली हुदैनन।

तर अहिल यहि आफ्नै छुट्टै पहिचान भएको टीकापुर देश ब्यापी रुपमा बदनाम हुन पुगेको छ । बहु जाती, बहु भाशी, सांस्कृतिक, प्राकृतिक, भौतिक रुपमा भरीपुर्ण टीकापुर कैलालीको बदनामीको सुरुवात टीकापुरमा २०७२ भदौ ७ र ८ गते घटेको टीकापुरको घटना नै हो भन्दा फरक पर्दैन । देश संघियता गैसके पश्चात आआफ्नै छुट्टै प्रदेशको माग गर्दै भएको भदौ ७ को घटना जसले टीकापुरको इज्जतलाई ५ मिनेट मै खरानी बनायो।

नसोचेको र नदेखेको घटना जब टीकापुरमा भयो त्यसमा १ जना एसपी सहित ७ जना सुरक्षाकर्मी र १ डेढ बर्शको शिशुको हत्या गरिएको थियो । शान्तिपुर्ण आन्दोलन भन्दै गरिएको प्रदर्शनीमा नै यति सुरक्षाकर्मी सङ्गै एक निर्दोष बालकले ज्यान गुमाए पछि कुन सहर चर्चामा पुग्दैन होला र ! उक्त घटनामा चौधरीहरुले थारु राज्यको माग राख्दै गरेको आन्दोलनमा परेर सुरक्षाकर्मी लगायत बालकले ज्यान गुमाएका हुन।

उक्त घटना पश्चात महिना दिन सम्म नै यहाँको स्थिती कर्फ्यु मै बित्यो । डर, त्रास, भय, बिवशता सबै घटनाले उब्जाइदियो, चारै तर्फ आर्मी, प्रहरीको लाम हुन्थे टीकापुरका गल्ली गल्लिमा । सर्वसाधारण बाटोमा ढुक्क सङ्ग हिड्ने पाउने अधिकार खोसिएको थियो, कोहि थाहा नपाएर आई हाल्यो भने पनि त्यसलाई निकै यातना दिने कामहरू पनि भएका थिए टीकापुर मै देखिएका पनि थिए।

प्रहरी त्यस माथी कैलाली प्रहरी प्रमुखनै ज्यान गुमाई सके पछिको माहोल तनाबग्रस्त त हुने नै भयो त्यती मात्र हैन त्यस पछि त, “म टीकापुरको नागरिक हुँ” भन्न समेत डर मान्नु पर्ने अवस्था समेत सिर्जना भयो । टीकापुरबाट धनगढी जादा होस या राजधानी काठमाडौं जादा होस गाडीमा होस या कुनै सार्वजनिक ठाउँमै होस “टीकापुरको हुँ” भने पछि मानिसहरु धेरै टीका टिप्पणी गर्न सुरु गर्छन, हेपाहा प्रविर्ती देखाउछन जसले एउटा सामान्य मान्छेले पनि कल्पना गर्न सक्छ कि मेरो टीकापुर कस्तो भएछ भनेर।

२०७२ सालको घटना एउटै भयो जसले टीकापुरलाई दुनियाँ सम्म चिनायो । भनिन्छ एउटा गल्ती त सबैले माफ गर्नै पर्छ र सुध्रने मौका दिनुपर्छ तर टीकापुरले सुध्रने मौका पायो तर सकेन त्यही कारणले टीकापुर अझ बदनाम मात्र हैन महाबदनाम हुन पुगेको छ । टीकापुर घटना शान्त हुन नपाउदै टीकापुरमा त्यही घटनाको दुई बर्श पछि अस्ति भर्खर होलिको दिन टीकापुरमा भएको खुकुरी प्रहार हत्या काण्डले टीकापुरलाई थप परिचित गरेको छ।

टीकापुर अङ्गै हत्याराको ठाउँ भन्ने शब्द मान्छेको मस्तिष्कमा नबस्ला भन्न सकिन्न यदि यस्तै एक घटना एक भैदिने हो भने । हत्या सङ्गै टीकापुरलाई मानिसहरुले हेर्ने दृष्टिकोण हेर्दा र बुझ्दा पहिले भन्दा निकै फरक हुन पुगेको छ । फागुन १७ गते जुन दिन पहाडको होलि थियो त्यही दिन राती टीकापुरमा भैरहेको सांस्कृतिक देउडा खेल भैरहेको क्रममा अपराधिक समूह द्वारा एक भर्खरका युवाको खुकुरी प्रहार गरेर निर्मम तरिकाले हत्या गरिएको पछि सायद टीकापुरलाई नराम्रो नभन्ने कोहि थिएन होला ।

हजारौं मान्छेहरुको उपस्थितिमा भैरहेको सांस्कृतिक खेल जो हरेक बर्ष त्यही मैदानमा हुन्छ जहाँ ती युवाको हत्या भएको थियो । त्यही सांस्कृतिक खेल खेलिरहेको र त्यही सांस्कृतिक खेल हेरिरहेको क्रममा हजारौं मान्छेहरुको बिचमा ल्याएर कसैले कसैलाई खुकुरी हान्छ भने पनि यो समाजको मौनता देखेर यहाँका मानिसहरूको मानवता माथी पनि प्रश्न चिन्ह(?) खडा भएको छ । एउटा मात्र हैन यस्ता धेरै घटनाहरु छन टीकापुरमा जसले टीकापुरको बदनामीको शिखर अग्लो हुँदै छ भने सम्मानको शिखर घट्दै छ।

१७ गते राती हत्या गरिएको टीकापुर नगरपालिका वडा नम्बर २ सितापुर बस्ने २१ बर्षिय कर्ण थापाको हत्या पछि हत्याराको अनुसन्धान गर्नुपर्ने र हत्यारालाई सबैका सामु सार्वजनिक गरेर कडा कारवाही गरिनुपर्ने भन्दै लगातार ४ दिन सम्म टीकापुर बजार बन्द गरेर यहाँको जनजिवन समेत ठप्प गरेपछी यो घटना बारे सबैले नकारात्मक कुरा गर्न र भन्न समेत भ्याएका थिए । त्यस्तै त यहाँ इज्जत गर्ने भन्दा बदनाम गर्नेकै जनघनत्व बढी छ।

थापाको हत्या गर्ने दुई जना टीकापुर मै बस्ने १९ बर्षिय सन्दिप रावल र २१ बर्षिय सागर पाण्डेलाई प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेर कारवाहिको कार्य अघि बढाए पनि यहाँको अगाडी इज्जत र सम्मान भने कसैले फर्काउन सकेन। यस्तो हत्या टीकापुरमा पहिलो पटक भए पनि टाउको फुटाउने, हात खुट्टा भाच्ने, बलात्कार गर्ने, झैझगडा गर्ने जस्ता कुरा भने यहाँका युवा देखि उमेर छिपिएका बहादुर ब्यक्तिहरुका लागि समेत नौलो हैनन जसले बारम्बार टीकापुरको इज्जतमा कालो धब्बा लगाईरहन्थे तर यस्ता घटनाले भने पुरै इज्जत र पुरै जनताको इज्जतमा नै कालो धब्बा लागेको कुरा जब हामी यो टीकापुर छाडेर अर्को सहर पुग्छौं अनि मात्र महसुस गर्न सक्छौं ।

टीकापुर कै एक स्थानिय अंकित उप्रेदी फेसबूकमा लेख्नुहुन्छ, “#ब​द​नाम​_भ​एछ​_मेरो_टिकापुर​,
टिकापुर​को नाम​ ब​द​नाम​ र​हेछ​ राज​धानीमा । अरु ठाउँको बस​लाई प्र​ह​रीले चेक ग​र्दैन​ र​हेछ​, कार​ण​ देस​ भ​रि मै स​बै भन्दा ब​ढि टिकापुर​का युवाले ब्राउन​सुग​र​ काठमाण्डौ भित्राउने कुरो खुलासा भयो … साथ​मा होलिको ह​त्या काण्ड​ त​था दुई ब​र्ष​ अघि भ​दौ ७ ग​तेको टिकापुर​ काण्ड​ ले प​नि टिकापुर​लाई हेर्ने द्रिष्टिकोण​ फेरिएको र​हेछ​ । प्र​त्येक ब्य​क्तिलाई चेक त​था चाम​ल​को कट्टा खोलि खोलि हेरियो ………….. स​म्ब​न्धित​ निकाय​को ध्यान​ जाव​स​ ॥”

हत्या त एकै पाटो थियो टीकापुरका युवाहरुको हविगत र नकारात्मक क्रियाकलापले पनि पछिल्लो समय टीकापुर भनेको अझ चर्चित हुँदै छ त्यो पनि बदनामीको हिसाबले । यसमा कुनै नेता वा कार्यकर्ताको दोश हैन ती युवाका अभिभावकको दोश हो र ती युवाको बढी दोश हो।

कुनै घटना घटी सके पछि मानिसहरु बढी दोशी नेतालाई मान्छन त्यो अलि गलत प्रविर्ती हो अगाडि आफ्नो अनुहार ऐनामा हेरेर मात्र अर्काको अनुहारको कुरुपता भन्दा राम्रो हुन्छ होला भन्ने नसोच्ने यहाँका मानिसहरुको बानीले नै यहाँ सबै बिग्रेका हुन । आफ्नो छोराछोरीको ख्याल र मतलब राख्ने गरेको भए पक्कै कोहि बिग्रदैनन । यदि आमाबुबा नै छैनन भने अलग हो, आमाबाबु हुँदा हुँदै छोराछोरीले नकारात्मक कार्य गर्नु निकै निन्दनीय हो । त्यसैले टीकापुरको इज्जत बचाउन र फर्काउन हामी सबै चिन्तित भएर लाग्न आवश्यक छ।

सम्बन्धित पाेष्टहरु