खाडिमा हुनेलाई खूशीको खबर : दिर्हाम र रियाल कमजोर, रिंगिटको मूल्य बढ्यो

गते प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ रुपैयाँ छ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ रहेको छ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको। एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ६५ पैसा रहेको छ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ २४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ८३ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मंगलबार रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको मूल्य केही घट्यो

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।