आज बिहानैदेखि बिपी राजमार्ग अवरुद्ध

गते प्रकाशित

सिन्धुली । बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएका छ।

बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए ।सिन्धुलीलगायत तराईका जिल्लाबाट राजधानी र राजधानीबाट बिपी राजमार्ग हुँदै पहाडी तथा तराईका जिल्लामा हिँडेका सवारी अहिले सुनकोशी गाउँपालिकामा रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले राजमार्ग भएर गन्तव्यतर्फ हिँडेका सवारी साधनलाई वैकल्पिक सडकबाट पठाउने कार्य भइरहेको बताए । खहरेबाट सवारी साधनलाई एकातर्फ मात्र आवागमन गराइएको छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।