आज देशले तेस्रो राष्ट्रपति पाउने, चयनका लागि चुनाव हुँदै

गते प्रकाशित

काठमाडौं । राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने संसद सचिवालयले जनाएको छ।

आजै चुनाको नतिजा पनि आउनेछ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरू मतदाता रहने छन् । नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ।

स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता कायम गरिएको छ।

संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ। संघीय संसद् सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको छ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ । राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रतिनिधिसमेत रहनुभएका एमाले नेता भानुभक्त ढकालले राष्ट्रपति पदमा निर्वाचित हुन सुविधाजनक बहुमत प्राप्त हुने अपेक्षा गरेको बताउनुभयो । राष्ट्रपति निर्वाचित हुन कुल मतदाताको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेललाई

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।