झाँक्रीलाई जोगाएको अभियोग लागेका मेयरमाथि गोली प्रहार

गते प्रकाशित

काठमाडौँ ।  अन्धविश्वास फैलाउने झाँक्रीलाई जोगाएको अभियोग लागेका मेयरमाथि गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार गरिएको अनुमान गरिएको छ।

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि आज साँझ अज्ञात समूहले गोली प्रहार गरेका हुन्।

मोटरसाइकलमा आएको अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ।

गत बिहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा पनि मेयरमाथि रमिते बनेर हेरेको आरोप लागेको थियो। उक्त आरोपपछि नेकपा एमालेले मेयर चौधरीमाथि मौखिक स्पष्टीकरण लिएको थियो। उनलाई छानविन कमिटी गठन गरी कारबाहीका लागि आवश्यक पहल थालेको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जन्ती चढेको जीप दुर्घटना, बुबाआमासहित ६ जनाको ज्यान गयो

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।