कास्की समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न, नयाँ अध्यक्षमा ढुँङ्गाना

गते प्रकाशित

बार्सिलोना । बार्सिलोनामा सम्पन्न कास्की समाज स्पेनको दोस्रो अधिवेशनबाट केदारनाथ ढुड्गाना अध्यक्षमा निर्वाचित भएका छन्।

कास्की समाज अन्तराष्ट्र्रिय समन्वय परिषद्का अध्यक्ष पुर्ण तिमिल्सीनाको प्रमुख आतिथ्य तथा पोर्चुगल निवासी कास्की समाज अन्तराष्ट्र्रिय समन्वय परिषदका महासचिव गोविन्द पौडेलको विशेष अथित्यतामा सम्पन्न उक्त अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अध्यक्ष केदार नाथ ढुड्गाना उपाध्यक्ष बल बहादुर कार्की, उपाध्यक्ष कुमार गुरुङ, महासचीव गोविन्द तिमिल्सीना, सचिव सुरेश भण्डारी, कोषाध्यक्ष एकराज भण्डारीका साथै सदस्यहरूमा शान्ता राणा, केशर थापा, दिनेश कार्की, गणेशराज अधिकारी, दिपक पराजुली, खेम कुमार भण्डारी, महेश बन्जारा रहेका छन्।

अधिवेशनबाट संरक्षकमा निबर्तमान अध्यक्ष दिलनाथ भण्डारीलाई नियुक्त गरिएको छ। साथै आई सी सी सदस्यमा शिव कुमार लामिछानेलाई नियुक्त गरेको छ। अधिवेशनमा वर्तमान उपाध्यक्ष कुमार गुरुङले समाजलाई वाध्यबाधक (खैँजरी मुजुरा मादल) लगायतका सामाग्री हस्तानतरण गरेका छन्।

अधिवेशनमा स्पेन स्थित विभिन्न संघ संस्थाहरूका पदाधिकारीहरूको उपस्थीती रहेको थियो।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।