पत्रकार महासंघ बेलायतले गरेको अवैधाविक निर्णय संच्याउन प्रेस युनियनको माग

गते प्रकाशित

कृष्ण देवकोटा/युके । नेपाल प्रेस युनियन बेलायत शाखाले एक प्रेस विज्ञप्ती प्रकाशन गरी नेपाल पत्रकार महासंघ बेलायत शाखाले मिति ११ मार्च २०१८ मा गरेको अवैधानिक निर्णय संच्याउन जोडदार माग गरको छ।

उक्त असंवैधानिक कदम नसच्याईए जस्तो सुकै कानूनी कदम चाल्न पनि पछि नपर्ने प्रेस युनियन बेलायतले एक विज्ञप्ती निकाल्दै भनेको छ।

विज्ञाप्तीमा भनिएको छ

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको सदस्यता वितरण र नवीकरण सम्बन्धि निर्णय विभेदकारी, अन्यायपूर्ण र गैर जिम्मेवारी पूर्ण छ । संस्थाको अस्तित्त्वलाई धरापमा राखेर बदलानियत गरिएको यो निर्णय निन्दनीय छ । मार्च ६ ,२०१८ बाट म्याद सकिएको नेपाल पत्रकार महासंघ, बेलायत कार्य समितिको अबैधानिक निर्णय केन्द्रिय विधानलाई चुनौती हो र नेपाल पत्रकार महासंघले, यसलाई बुद्दिमतापूर्वक निर्णय गरि आम पत्रकारको हितमा निर्णय गर्नेछ।

नेपाल पत्रकार महासंघले कुनै निर्णय नगर्न दिएको निर्देशनलाई चुनौती दिँदै पत्रकारका हक हितमा काम गरिरहेका संस्था विच समन्वय नगरी भिडन्तको बाताबरण तयार गर्ने को निर्णय दुर्भाग्यपूर्ण छ ।

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको उपस्थित अल्पमत कार्य समितिको निर्णयलाई अन्यायपूर्ण भन्दै कार्यसमितिको जिम्मेवार पधादिकरिले नोट अफ डिसेन्ट लेख्दा लेख्दै पनि कार्य समितिका सदस्यलाई नै पेलेर गरिएको केटाकेटी निर्णयले संस्थाको भविश्य अन्योलमा परेको छ।

नेपाल प्रेस युनियन बेलायत, नेपाल पत्रकार महासंघ, बेलायतको फार्नब्रोमा मिति ११।०३ ।२०१८ भएको अबैधानिक निर्णय सच्याउन जोडदार माग गर्दछ अन्यथा पत्रकार हकहितका लागि जस्तोसुकै कानुनी निर्णय र संघर्षका कार्यक्रम गर्न पछि पर्ने छैन।

बेलायतमा बसेर विभिन्न पत्र पत्रिका, संचार माध्यममा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सदस्यता नदिई उनीहरुको मनोवल गिराउने, नेपाल पत्रकार महासंघ, बेलायतका कमी कमजोरीका बारेमा उठान गर्ने संचार माध्यम पत्र पत्रिकालाई धम्की दिने, राजनीतिक संस्थाका पधादिकारीलाई सदस्यता दिने संकुचित, अबैज्ञानिक, घातक निर्णय फिर्ता लिई सबै संचारकर्मी, पत्रकारहरुको हकमा निष्पक्ष्य निर्णय गर्न नेपाल प्रेस युनियन, बेलायत जोडदार माग गर्दछ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।