राष्ट्रियसभा अध्यक्षमा गणेश तिमल्सिना निर्विरोध निर्वाचित

गते प्रकाशित

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा गणेश तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

एमाले सांसद तिमल्सिनाको मात्र उम्मेदवारी परेको हो । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   स्कूल बसकै चालक परे मापसेमा, प्रहरीले लियो नियन्त्रणमा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।