पत्रकारदेखि नेतासम्मलाई जेल हाल्ने मन्त्री मात्रिका यादवको तयारी

गते प्रकाशित

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले आफु कमिसनतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा लाग्ने बताएका छन्।

उनले देशबाट भ्रष्टाचारको अन्त्य गर्न जस्तोसुकै कदम चाल्न सक्ने बताए। राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट नहुने भन्दै मन्त्री यादवले पहिलाको जस्तो भ्रष्टाचारीले सजिलै उम्कन नपाउने बताए।

‘राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट हुँदैन,’ मन्त्री यादवले खबरडबलीसँग भने, ‘पहिलाको जस्तो समय अहिलेको होइन।’

यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने समेत बताए।

राम्रै मान्छे भए पनि बदनाम भइसकेपछि अब खड्का योग्य हुन नसक्ने उनले बताए।

यादवले कमिसनतन्त्र र भ्रष्टाचारको समर्थन गर्ने पत्रकारदेखि नेतासम्मलाई नछोड्रने बताए।

उनले भ्रष्टाचार गर्ने भन्दा भ्रष्टाचारको समर्थन गर्ने गर्नेहरुले मुलुक बिगारेको भन्दै देश बिगार्ने छुट कसैलाई नभएको बताए।

मन्त्री यादवले अहिलेको सरकारले देश र जनताप्रति प्रतिवद्ध भएर काम गर्ने जिकिर गरे।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेललाई

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।