आईसीसी विश्वकप छनोट : हङकङले जित्यो टस, नेपाललाई फिल्डिङको निम्तो  

गते प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पहिले फिल्डिङको निम्तो पाएको छ ।

हङकङले टस जितेर नेपाललाई फिल्डिङमा बोलाएको हो।

प्लेअफअगावै ‘डिभिजन टू’मा घटुवा हुने सम्भावनाबाट बच्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । हङकङले भने नेपाललाई पराजित गर्न सके सुपर सिक्समा स्थान पक्का गर्नेछ।

नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अंकगणितमा मात्र सम्भव छ । हङकङलाई निकै ठूलो अन्तर (असम्भव प्राय:) ले पराजित गरे मात्र नेपाल शीर्ष ६ मा स्थान बनाउन सफल हुनेछ।

यद्यपि हङकङलाई हराएमा नेपालले एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना भने जीवित रहने छ।

प्रतियोगितामा १ खेल जितेको हङकङ समूहको चौंथो र अंकविहीन नेपाल पाचौं स्थानमा छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   संविधानको सफल कार्यान्वयन मात्र पंगेनीप्रति सच्चा श्रद्धाञ्जली

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।