लमजुङमा सिभिल बैँकका दुई शाखा सञ्चालनमा

गते प्रकाशित

पोखरा । सिभिल बैङ्कले सबै स्थानीय तहमा वित्तीय पहुँच पु-याउने उद्देश्यअनुरूप लमजुङमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ।

बैङ्कले लमजुङको दूधपोखरी गाउँपालिका–६, गौंडामा र क्व्होलासोंथर गाँउपालिका–२, मालिङमा शाखा सञ्चालनमा ल्याएको बताएको छ । शनिवार र आइतवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मीले ती शाखाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका सञ्चालक रेग्मीले बैङ्कको उपस्थितिविना सङ्घीय नेपालको समृद्धि हुन नसक्ने बताउँदै स्थानीयतहमा शाखा सञ्चालन गर्न बैङ्कलाई आग्रह गरे।

सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासका लागि बैङ्क अपरिहार्य रहेको बताए।

स्थानीय तहमा पूँजी सङ्कलन गरी स्थानीय तहमै लगानी गरिने उनको भनाइ थियो। यी दुईसहित गरी बैङ्कको शाखा ५९ पुगेको छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।