अाज नेपाल हङकङसँग खेल्दै, यस्तो छ नेपाल र हङकङको ‘हेड टु हेड’ इतिहास

गते प्रकाशित

काठमाडौं  । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले सोमबार हङकङबिरुद्ध खेल्दैछ।

सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरको जित हासिल गर्नु आवश्यक छ। तर, झिनो अन्तरमै सही नेपालले हङकङलाई हराएको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ।

स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बीबाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो यसपटकका लागि सकिनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ। समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन्।

दुवै खेलको विजयी टोलीले सातौं स्थानका लागि खेल्नेछ, भने हार्ने दुई नवौं स्थानका लागि आमने-सामने हुनेछन्।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, कम्तीमा एक टिम असफल हुनुपर्छ।

नेपाल र हङकङको हेड टु हेड इतिहासमा नेपाल अगाडि छ । अहिलेसम्म यी दुई टोली १२ पटक आमने सामने भएकोमा ६ पटक नेपालले जितेको छ भने ५ पटक हङकङ हावी भएको छ । नेपाल र हङकङबीचको पछिल्लो खेल वर्षाका कारण रद्ध भयो।

यस्तो छ हेड टु हेड
कुल खेल १२

नेपाल विजयी – ६
हङकङ विजयी – ५
रद्द – १

१९९६ एसीसी ट्रफी इलाइट
नेपाल १३७-१०, (४९ ओभर), हङकङ १३९-४ (३३.३ ओभर), हङकङ ६ विकेटले विजयी

१९९८ एसीसी ट्रफी इलाइट
नेपाल १५०-१० (३८ ओभर), हङकङ १५४-४ (२८.१ ओभर), हङकङ ६ विकेटले विजयी

२००० एसीसी ट्रफी इलाइट
हङकङ २६८–३ (५० ओभर), नेपाल ८९ रनमै अलआउट (२४ ओभर), हङकङ १७९ रनले विजयी

२००६ एसीसी ट्रफी इलाइट
नेपाल २११-७ (५० ओभर), हङकङ १२४-१० (४३.३ ओभर), नेपाल ८७ रनले विजयी

२००८ एसीसी ट्रफी इलाइट
नेपाल २४५-७ (५० ओभर) हङकङ २०१-९ (५०ओभर), नेपाल ४४ रनले विजयी

२०१० एसीसी ट्रफी इलाइट
नेपाल २३६-७ (५० ओभर), हङकङ ११८-१० (३३.४ ओभर), नेपाल ११८ रनले विजयी

२०१२ एसीसी ट्रफी इलाइट
नेपाल २२५-५ (५० ओभर), हङकङ १०० (३७ ओभर), नेपाल १२५ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग
हङकङ १८१-१० (४१.५ ओभर), नेपाल १४७-३ (३४.१), नेपाल डिएलमा ७ विकेटले विजयी

२०१४ विश्वकप छनोट
नेपाल १५०-१० (४९.३ ओभर), हङकङ १५४ (३३.२ ओभर), हङकङ १० विकेटले विजयी

२०१७ एसीसी इमर्जिङ कप
हङकङ २१४-१० (५० ओभर), नेपाल २२०-३ (४४.२ ओभर), नेपाल ७ विकेटले विजयी

२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप
हङकङ १९४ (५० ओभर), नेपाल १११-१० (३४.५ ओभर), हङकङ ८३ रनले विजयी

२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप
एक बल पनि नखेली रद्ध

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।