जब गुगलले आत्महत्या गर्नबाट रोक्यो

गते प्रकाशित

एजेन्सी । गुगलले एक युवतीलाई आत्महत्या गर्नबाट रोकेको छ। भारतकी एक २४ वर्षिया युवतीको गुगलले ज्यान बचाइदिएको हो।

ती युवती आफ्नो प्रेम-सम्बन्धका कारण तनावमा थिईन्। प्रेमीले छोडेपछिको तनावले उनी डिप्रेसन सम्म पुगेकी थिइन्। बाँच्ने इच्छा हराएपछि ती युवती जमुना नदीसम्म पुगिन्। तर नदीमा हाम फालेर मर्नुभन्दा कुनै अर्कै तरिकाले मर्ने मानसिकता बनाई घर फर्केकी उनले गुगलमा टाईप गरिन्,” आत्महत्या कसरी गर्ने ?”

गुगलले उनले नसोंचेको उत्तर दियो। गुगलले थुप्रै सुसाइड हटलाइन नम्बर देखायो। उनले एउटामा फोन लगाइन्। फोनमा बोलेका पुलिस इन्स्पेक्टरले उनलाई भेट्नका लागि मनाए।

ती महिलालाई आवश्यक काउन्सलिङ्ग गरियो र उनि आत्महत्या गर्ने सोंचबाट मात्र नभई अहिले तनाबबाट समेत मुक्त भइसकेकी छिन्।

यो घटनाले डिप्रेसनमा गएका व्यक्तिले आफ्नो तनाव अरुसंग बाँड्ने र अरुले त्यसलाई गम्भीरता पूर्वक लिइदिएर तनावबाट मुक्त हुन सहयोग गर्ने हो भने आत्महत्याका घटनाहरु कम घट्नेछन् भन्ने समेत उदाहरण दिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।