ह्याङ्गआउटका लागि गुगलले ल्यायो नयाँ अपडेट

गते प्रकाशित

गुगलले बुधबार आफ्नो इन्टरनेट च्याट टूल ह्यांगआउटका लागि अपडेट रिलिज गरेको छ। माइक्रोसफ्ट तथा स्ल्याक टेक्नोलोजीसँग प्रतिस्पर्धा गर्नका लागि गुगलले यो कदम उठाएको हो।

अपडेटसँगै ह्यांगआउटको माध्यमबाट कामदार तथा ग्रुपका बीचमा इन्स्टान्ट मेसेजिङलाई सपोर्ट गर्दछ। साथै यसले प्रयोगकर्तालाई अन्य कर्पोरेट सफ्टवेयरको डाटासम्म पूराउनका लागि च्याट विन्डोमा विजेट्स जोड्ने सुविधा पनि प्रदान गर्दछ।

गुगलले यस सर्भिसका बारेमा गत मार्चमा घोषणा गरेको थियो तर बुधबारबाट मात्र सबै प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध गराएको हो।

गुगलको जी स्विटमा ह्यांगआउटको सुविधा छ । जी स्विट एक वर्कप्लेस सफ्टवेयर प्याकेज हो जसमा इमेल तथा वर्ड प्रोसेसिंगको टूल्स उपलब्ध गराइएइको छ । यो सुविधाको प्रयोगका विश्वभरका ४० लाख व्यवसायिक प्रयोगकर्ताले गरेका छन् र यसका लागि उनीहरुले प्रति प्रयोगकर्ता २५ डलर मासिक भुक्तान गरिरहेका छन् ।

ह्यांगआउटले सन् २०१३ मा निशुल्क सेवा सुरु गरेको थियो । तत् पश्चात गुगलले व्यवसायिक प्रयोगकर्ताका लागि समान फिचर्सवाला इन्टर्नल मेसेजिंगका लागि जी स्विट सुरु गरेको थियो । यद्यपि व्यवसायिक प्रयोगकर्ताका लागि स्ल्याक तथा माइक्रोसफ्ट अफिस ३६५ जस्ता विकल्प पनि उपलब्ध छन् । यी दुबै कम्पनी गुगलभन्दा निकै अघि छन् यस क्षेत्रमा ।

ह्यांगआउटको सशुल्क भर्सनमा ८ हजार प्रयोगकर्ताले एकसाथ ग्रुपच्याट गर्न सक्दछन् । यसका साथै कम्पनीहरुले आफ्नो डाटाबेस ह्यांगआउट च्याटसँग लिंक गर्नपनि सक्दछन् । उदाहरणका लागि गुगलको समूहले आफ्नो बग ट्रयाकिंग, इम्प्लोइ डाइरेक्टरी तथा आइटी सपोर्ट सिस्टमलाई यससँग जोडेको छ ।

यसका साथै गुगलले मिटिंग सेड्युलर टूल्स जस्ता आर्टिफिसियल इन्टेलिजेन्स सर्भिसहरु पनि विकास गरेको छ जसले कर्मचारीको कार्य व्यवहार तथा समयलाई बुझेर सामूहिक बैठक तय गर्दछ । गुगलले आफ्नो क्यालेन्डर सफ्टवेयरका लागि पनि यस्तै आर्टिफिसियल इन्टेलिजेन्सको विकास गरिरहेको छ । अघिल्लो वर्ष रिलिज भएको ह्यांगआउट च्याटसँगै ह्यांआउट मिट, टेलिकन्फ्रेन्सिंग सफ्टवेयर पनि थप गरिएको छ ।

एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।