कतार एयरवेजको काठमाडौं-क्यानबेरा हवाई सेवा सुरु

गते प्रकाशित

काठमाडौँ । कतार एयरवेजले नेपालबाट अष्ट्रिेलियको राजधानी क्यानबेरा जान चाहने यात्रुलाई लक्षित गरेर सेवा सुरु गरेको छ।

यस सेवा अन्र्तगत अब यात्रुले नेपालबाटै कतारको दोहाहुँदै क्यानबेरासम्मको टिकट काट्न् सक्नेछन्।

यसरी टिकट काट्दा काठमाडौं दोहासम्म तथा अन्य देशबाट दोहा टर्मिनल आएका एयरवेजकै विमानले नेपाली यात्रुलाई क्यानबेरासम्म लैजाने कम्पनीले जनाएको छ।

कतारएयरवेजले अष्ट्रेलियमा उडान भर्ने पाँचौँ गन्तब्य हो। यसअघि सोही व्यवस्थाबाट क्यानबेराबाहेक मेलबर्न, सिडनी, एडलेइड र पेर्थमा समेत उडान भर्दै आएको थियो।

एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नैरले क्यानबेरासम्मको सेवा सुरु गर्न पाएकोमा आफूहरु उत्साहित रहेको बताए।

त्यस्तै नेपालका लागि अष्ट्रिेलियाका राजदुत पिटर ग्रेम बडले कतार एयरवेजले सुरु गरेको क्यानबेरासम्मको सेवाले काठमाडौं र अष्ट्रिेलियालाई सांस्कृतिक, पर्यटकिय तथा शैक्षिक दृश्टिकोणबाट जोड्न थप सघाउ पुग्ने उल्लेख गरे। अष्ट्रेलियमा करिब ३ लाख नेपाली रहेको आँकलन गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।