बर्मामा नेपाली गायक गायिका दर्शक नचाउँदै

बैंकक। ‘कर्म भए बर्मा गइन्छ’ भनेझैं बर्मा पुगेर नेपालका प्रख्यात गायक आन्नद कार्की र गायिका इन्दिरा जोशीले यहाका दर्शकलाइ नचाएका छन्। गायक कार्की र जोशीले महाशिवरात्रिको अघिल्लो रातमा धुम मच्चाएका हुन्। कार्कीले नेपाली र हिन्दी गीत गाएका थिए। कार्कीले वनमा फूल्यो फूल, यी हल्लाहरु हुन् र नेपालस माया जस्ता गीत गाएका थिए।

बर्माको प्रख्यात संखाइ शिव धाममा शिवरात्रिको अघिल्लो रात नेपाली गायक गायिककाले दर्शक नचायका हुन्। जोशीले उध्रेको चोली , मत त मर्छु कि क्या हो ठूली, चौवन्धी चोली अनि रातो घाँघर जस्ता गीत गएका थिए।

शिवधाममा नेपाली गीत सुन्न बर्मा, थाइल्याण्ड र भारतीय दर्शक उपस्थित थिय। शिवरात्री मेलामा नेपाली गीत सु्न्न पाउँदा दर्शकले पटक पटक वान्स मोर बान्स मोर भनेका थिए।

कमेन्ट गर्नुहोस्