एउटै मञ्चमा उभिए मोहन बैद्य र नेत्रविक्रम चन्द

गते प्रकाशित

काठमाडौँ । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी दुवै पार्टीले जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले जनयुद्धका नायक पुष्पकमल दाहाल र बाबुराम भट्टराई खलनायकमा परिणत भएको गम्भिर आरोप लगाए। उनले बाम गठबन्धन कम्युनिष्ट नै नभएको दावी समेत गरे। माओवादी केन्द्रका अध्यक्ष दाहाल बाम गठबन्धनको नाममा पुरानै राज्यसत्तामा विलय हुन पुगेको बैद्यको दावी छ।

अध्यक्ष बैद्यले जनताले बामगठबन्धनलाई नभई कम्युनिष्टहरुलाई निर्वाचनमा मतदान गरेको दावी पनि गरे। उनले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी भईसकेकाले क्रान्तिको नेतृत्व गर्न नसक्ने तर्क पनि गरे।

अध्यक्ष बैद्यले जनवाद ल्याउने गरी नेपाली क्रान्तिको नेतृत्व आफूहरुले मात्रै गर्ने दाबी गरे।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नवलपरासी यात्रुवहाक बस दुर्घटनाः २५ घाइते, ३ को अवस्था गम्भीर

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।