रक्सीले उन्मत्त श्रीमानले गरे चिरपटले हानेर श्रीमतीको हत्या

गते प्रकाशित

पोखरा, १ फागुन । कास्कीको मादी गाउँपालिकामा चिरपटले हानेर श्रीमतीको हत्या गरेका छन् । सोमबार राती विकले आफ्नो श्रीमतीलाई चिरपाटे दाउराले टाउकोमा प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

श्रीमान श्रीमती रक्सी खाएर झगडा गर्ने गरेको एक स्थानीयले बताए । ‘जहिले पनि झगडा गर्थे,’ स्थानीयले भने, ‘दुवै रक्सी खाएर झगडा गर्थे ।’सोमबार राती ८ बजे दुवै रक्सीले मातिएका थिए । त्यसपछि श्रीमान श्रीमतीवीच झगडा सुरु भयो।

एक आफसमा हानाहान हुँदा श्रीमानले एक्कासी चिरपटे दाउराले टाउकामा हानेका थिए । त्यस रात केही थाहा भएन । मंगलबार बिहान थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि कास्की प्रहरीबाट गएको एक टोलीले श्रीमानलाई पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।