राजपा सांसद यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

गते प्रकाशित

धनुषा, १ फागुन । प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ।

संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएकोे बताउनुभयो।

यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ।

सचिव पौडेलले भन्नुभयो, “सभामुखको उम्मेदवारीका लागि तोकिएको आज २ बजेसम्म यादवले मात्र उम्मेदवार दर्ता गराउनुभएको छ अब बुधबार बस्ने प्रदेशसभा बैठकबाट सभामुखको औपचारिक रुपमा उहाँ निर्वाचित भएको घोषणा गरिनेछ।” बुधबार प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीलाई प्रदेश २ मा भव्य स्वागत गरिने , ओली धनुषा आउँदै

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।