नेपाल दोस्रोबाट तेस्रो स्थानमा झर्यो, भोलिको खेलले छनौट गर्छ विश्वकपको यात्रा

गते प्रकाशित

काठमाडौं । आइसीसी डिभिजन टु प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपाल आज तेस्रो स्थानमा झरेको छ । यससँगै अब नेपाललाई विश्वकप छनोट खेल्न भोलिको क्यानडाविरुद्धको खेल जित्नैपर्ने अवस्था आएको छ।

डिभिजन टुको समूह चरणअन्तरगत आज भएको नामिबिया र केन्याबीचको खेलमा नामिबियाले केन्यालाई फराकिलो अन्तरले पराजित गरेसँगै नामिबिया नेपाललाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । अब शीर्ष ३ टोली क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । नेट रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा छ।

अब भोलि हुने खेलमा नेपालले क्यानडालाई जित्न सकेमा मात्र विश्वकप छनोट खेल्न पाउने अवस्था आएको छ । भोलि दोस्रो खेल नामिबिया र युएइबीच तथा तेस्रो खेल केन्या र ओमानबीच हुँदैछ । केन्या र ओमानको खेलले नेपाललाई खासै असर नगर्ने भए पनि युएइ र नामिबियाबीचको खेलले भने नेपालको यात्रा प्रभावित पार्नेछ।

यी दुई टिमको नेट रनरेट हेर्दा जुनसुकै टिमले जिते पनि नेपालले हारेमा नेपाल विश्वकप खेल्न पाउने अवस्था रहने छैन।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।