एनआरएन महिला फोरम स्विट्जरल्याण्डले नारी दिवस मनाउने

गते प्रकाशित

बिजय शर्मा दर्पण/स्वीटजरल्याण्ड । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ।

हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपाली महिलाहरुले पनि विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु समेटी कार्यक्रमहरु गरि मनाईने गरिएको छ।

गैरआवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आउँदो मार्च १० मा १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भब्यरुपमा मनाउने भएको छ ।

वर्तमान अवस्थामा एनआरएन स्वीटजरल्याण्डले अन्य देश भन्दा पृथक र रचनात्मक कृयाकलापहरु एक पछि अर्को इतिहास रच्दैँछ । चार फेब्रुअरीमा भएको दूतावास तथा विभिन्न संघसंस्थाहरुको अन्तरक्रिया कार्यक्रममा नारी दिवस एनआरएन स्वीटजरल्याण्डको महिला फोरमले मनाउने सहमति भएको थियो । अघिल्ला वर्ष पनि महिला फोरमले नै कार्यक्रम गर्दै आइरहेको छ ।

महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्वमा १०८ औं अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको हो । अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ मा मनाएतापनि स्वीटजरल्याण्डमा भने सार्वजनिक बिदाको अवसर पारेर मनाइन्छ।

लामाको अनुसार यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम महिला जागरणको साथ साथै केही परियोजनालाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उधेश्य समेत रहेको जानकारी दिए।

उक्त कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि, नारी समाज पोर्चुगलकी अध्यक्ष तथा एनआरएन महिला फोरम पोर्चुगलकी संयोजक सीता बराल त्यस्तै नारी समाज पोर्चुगलकी महासचिव मीना खरेलको बिशेष उपस्थिति रहने छ।

बिशेष गरी कार्यक्रममा महिलामाथि हुने हिसांको समाधान र अन्त्य लगायतका विषयमा छलफल तथा अन्तरक्रया समेत हुने भएको छ।

कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा नेपाली सांस्कृतिक झल्कने नृत्य पनि प्रस्तुत गरिने छ । कार्यक्रममा प्रवेश शुल्क निःशुल्क राखिएको छ भने खानाको २० फ्रयांक र विद्यार्थी तथा १६ वर्ष मुनिकालाई ५० प्रतिशत कम गरिएको छ।

स्वीसमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुका प्रतिनिधि, ब्यापारी, विद्यार्थी, पत्रकार लगायत स्वीसमा रहेका सम्पूर्ण उपस्थित हुन अपील गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।