हाँस्यकलाकार तक्मेबुढा चढेको गाडी दुर्घटना

काठमाडौँ । हाँस्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ले हाँकेको गाडी दुर्घटनाग्रस्त भएको छ।

भाग्यबस दुर्घटनामा विल्सनसहित गाडीमा रहेका ५ जना सकुसल छन् । मोरङको मधुमल्लामा आयोजित एउटा महोत्सवमा सहभागी भएर झापाको विर्तामोडस्थित आफ्नो घरमा फर्किने क्रममा सुरुङ्गामा गाडी दुर्घटना भएको हो।

अगाडिबाट आएको कुकुरलाई छल्न खोज्दा गाडी रोडबाट गुल्टिएर तल खसेको विल्सनले बताए।

‘भाग्यबस हामी कसैलाई सामान्य चोट पनि लागेन,’ उनले भने । दुर्घटनामा परेर गाडी क्षतिग्रस्त भएपछि अर्को गाडी मगाएर विल्सन घर गएका थिए।

कमेन्ट गर्नुहोस्