सामाजिक सञ्जालमा भाइरल बनेकी को हुन् प्रिया ?

गते प्रकाशित

मुम्बई । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो अहिले भाइरल बनेको छ। उक्त भिडियोमा देखिएकी युवतीको रुप र आँखाको एक्सप्रेसनको निकै तारिफ भएको छ।

भिडियोमा देखिएकी युवति नायिका पि्रया प्रकाश वारियर हुन् । उनी मलायालम चलचित्र ‘उरु अदार लभ’ बाट डेब्यु गर्दैछिन् । सोही फिल्मको एक दृष्य सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनले आफ्नो फिल्मको गीतको छोटो छोटो क्लिप्स पनि सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । १८ वषिर्य यी नायिकाले एउटै भिडियोवाट चर्चा पाइन् । उनी अहिले विमला कलेजमा बि.कम. पहिलो वर्षमा अध्ययन गर्दैछिन् । उनले अभिनय गरेको चलचित्र आउदो ३ मार्चमा रिलिज हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   राष्ट्रकवि अस्वस्थ, ग्राण्डी अस्पतालमा उपचार हुँदै

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।