नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द

गते प्रकाशित

रसुवा, १ फागुन । चीनसँगको व्यापारिक नाका रसुवागढीमा आजदेखि एक महिनाका लागि कारोबार बन्द हुने भएको छ।

ल्होसारको कारण चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि कारोबार ठप्प हुन लागेको हो । ट्रान्सपोर्टले सोमबार बिहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी मंगलबार साँझसम्ममा नेपाल आइसक्ने छन्।

व्यावसायिक कारोबार नभएपछि राजश्व संकलन प्रभावित हुने भएको छ । फागुन महिनामा ३० करोड राजश्व उठाउने लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाका अनुसार कारोबार नै ठप्प भएपछि लक्ष्य पूरा नहुने भएको छ।

‘कारोबार नभएपछि राजश्व उठ्दैन, वाङ्जोबाट आउने ट्रान्सर्पोट बन्द भए पनि अन्य ठाउँबाट सामग्री आउनसक्छ’, उहाँले भन्नुभयो, ‘यो महिनामा करिब २ करोड रुपैयाँ राजश्व उठ्ने सम्भावना छ ।’ चीनबाट नेपालमा आयात हुने रेडिमेट सामग्री र इलेक्ट्रोनिक सामग्री आयात फागुन महिनाभरि नहुने अधिकृत कोइरलाले बताउनुभयो।

कारोबार ठप्प हुने भए पनि दुवैतिरका भन्सार भने नियमित सञ्चालन हुने कार्यालयले जनाएको छ । चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   साँढे ३३ केजी सुन काण्डा : नाईके गोरे पक्राउपछि सार्वजनिक

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।