शिवरात्रिका लागि दर्शनार्थीका रुपमा पशुपतिमा खटिए महिला प्रहरी, यस्तो छ योजना

गते प्रकाशित

 काठमाडौं, १ फागुन । महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष्य गरेर यो वर्ष शिवरात्रिमा प्रहरीले नयाँ ‘सूत्र’ अपनाएको छ।

दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थी कै भेषमा । सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढसय महिला प्रहरी खटिएका छन्।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (९एसपी) रामदत्त जोशीका अनुसार विगतका वर्षमा लुटेराले दुःख दिएपछि यो वर्ष नयाँ सूत्र परिचालन गरिएको हो।

शिवरात्रिमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै सात हजार सुरक्षाकर्मी खटिन्छन्। प्रहरीले आइतबार र सोमबार गरेर पाशुपत क्षेत्रमा स्वीप अपरेसन गरेर २२ जनालाई नियन्त्रणमा लिइसकेको छ। – अन्नपूर्ण पोस्ट दैनिकबाट

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   गगनगौँडावासीद्वारा प्रहरी नायव निरिक्षकलाई स्वागत

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।