डिभिजन टू: केन्यामाथी नेपालको रोमाञ्चक जित

काठमाडौं । आइसीसी डिभिजन टू मा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ।

केन्याले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले टस हारेर ब्याटिङमा उत्रिएको थियो। केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो।

केन्यालाई रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । वसन्त रेग्मि, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए।

केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए । एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए।

नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए।

अन्तिममा निकै रोचक बन्दै गएको खेलमा रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको हो। यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना थप बलियो बनेको छ।

कमेन्ट गर्नुहोस्