डिभिजन टू : नेपालले पायो १ सय ७८ रनको लक्ष्य

गते प्रकाशित

काठमाडौं । आइसीसी डिभिजन टू मा केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो।

केन्यालाई रनमा समेटने क्रममा नेपालका सन्दी लामिछाने एक्लैले ५ विकेट लिए । वसन्त रेग्मि, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए।

केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए । एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए । नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।