डिभिजन टुः सन्दिप एक्लैको ४ विकेट, दोस्रो स्पेलको सुरुकै २ बलमा २ विकेट

गते प्रकाशित

काठमाडौं। आइसीसी डिभिजन टु अन्तर्गतको खेलमा केन्याको पाँचौं विकेट झरेको छ । खेलमा नेपाली युवा लेगस्पिनर सन्दिप लामिछानेले एक्लै ४ विकेट लिएका छन् । आज भइरहेको केन्याविरुद्धको खेलमा सन्दिपले आफ्नो पहिलो ओभरमै विकेट लिएका थिए । लगत्तै आफ्नो दोस्रो ओभर लिएर आएका सन्दिपले दोस्रो ओभरमा पनि विकेट लिएका थिए। उनले त्यसपछि ४ ओभरमध्ये ३ ओभरमा कुनै रन दिएनन् ।

६ ओभर बलिङ गरेपछि पहिलो स्पेल सकेका सन्दिप ३४ औं ओभरमा दोस्रो स्पेलमा लागि आएका थिए । दोस्रो स्पेलको सुरुकै २ बलमा उनले २ विकेट लिए । ह्याट्रिकको सम्भावना भए पनि ह्याट्रिक भने हुन सकेन तर यो ओभरमा उनले रन भने दिएनन् । ३५ ओभरको खेल सकिँदासम्म केन्याले ५ विकेटको क्षतिमा १०८ रन बनाएको छ । नेपालको लागि १ विकेट बसन्त रेग्मीले लिएका छन् ।

सुरुका १६ ओभरसम्म कुनै विकेट लिन नसकेपछि दबाबमा परेको नेपाललाई सन्दिपले नै पहिलो सफलता दिलाएका थिए । १७ औं ओभरमा बलिङमा आएका सन्दिपले आफ्नो पहिलो ओभरमै केन्यामा एलेक्स ओबान्डालाई बोल्ड गरिदिए । १७ औं ओभरको अन्तिम बलमा सन्दिपले विकेट लिएका हुन् । लगत्तै १९ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दिपले ओभरको चौथो बलमा केन्याका धिरेन गोन्डारियालाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए । २० ओभरको खेल सकिँदासम्म केन्याले २ विकेटको क्षतिमा ७७ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आईपीएलकाे फाइनल पुग्न कोलकाता र हैदराबाद खेल्दै

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।