सन्दिपले लिए केन्याको पहिलो विकेट, ओबान्डा ४१ रन बनाउँदै आउट

गते प्रकाशित

काठमाडौं । आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ।

टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको पहिलो विकेट झारेको छ । नेपालका सन्दिप लामिछानेले १७ औँ ओभरको अन्तिम बलमा केन्याका एए ओबान्डाको विकेट लिएका हुन् । ओबान्डाले ४६ बल खेल्दै ५ चौकासहित ४१ रन बनाए।

केन्याले अहिले ओभरमा रन बनाएको छ । यसअघि खेलेका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ भने एक खेलमा हारेको थियो। पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो।

शनिबार भएको तेस्रो खेलमा भने युएइलाई ४ विकेटले हराएको थियो । तीनमध्ये दई खेल जितेको नेपाल ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने दुई खेल खेलेर दुवै हारेको केन्या अंक तालिकाको पुछारमा रहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आईपीएल क्वालिफायर : चेन्नई र हैदराबादबीच टक्कर !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।