युएईमा प्रथम ‘आईएमी रीया कप भलिबल प्रतियोगिता २०१८’ सम्पन्न

गते प्रकाशित

केदार कुँवर/दुवई । युएईको दुवईस्थित अलकुज बलदिया खेल मैदानमा प्रथम आईएमी रीया कप भलिबल प्रतियोगिता २०१८ सम्पन्न भएको छ। कास्की आदर्श सेवा समाज, युएईको चौथो वार्षिक उत्सवको अवसर पारेर “स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल मन्त्रका साथ शुक्रबार ९ फेब्रुअरीमा उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष सुरेन्द्र जिशीले जानकारी दिए।

आईएमी तथा रिया मनिट्रान्सफरको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा युएईमा सक्रिय रहेका विभिन्न १७ आमन्त्रित टिमहरूले सहभागिता जनाएका थिय। आईएमी ९क्ष्ःभ्० का मध्य पुर्व क्षेत्रिय प्रमुख सरोज वस्नेतको प्रमुख आथित्यमा सम्पन्न उक्त प्रतियोगितामा नेपाली समाज युएईका अध्यक्ष श्री चन्द्र प्रसाद साप्कोटा, समाजसेवी नेपाली समाज युएईका भुपु अध्यक्ष तथा कास्की आदर्श सेवा समाजका संरक्षक श्री कृष्ण बहादुर ढकाल, एनआरएन युएईका युवा संयोजक तथा खेलकुद सदस्य नविन पौडेल विशेष अतिथीमा रहेका थिए।

तेसै गरि अतिथीमा पुर्व राष्ट्रिय भलिबल खेलाडी तथा नेपाल भलिबल क्लब अबुधाबीका अध्यक्ष ईश्वर घमाल, रिया मनि ट्रान्सफरका प्रतिनीधी प्रमित उदय, आईएमी ९क्ष्ःभ्० का प्रतिनिधी ईश्वर अधिकारी, पुर्व राष्ट्रिय भलिबल खेलाडी तथा एभरेष्ट युएई मार्शल आर्टस् एण्ड स्पोर्टस् क्लबका उपाध्यक्ष कुण्डल सिंह, एभरेष्ट युएई मार्शल आर्टस् एण्ड स्पोर्टस् क्लबका प्रतिनिधी पर्शुराम घिमीरे, पुर्व भलिबल खेलाडी हिरालाल श्रेष्ठ, कास्की जिल्लाका जिल्ला स्तरिय भलिबल रेफ्रि श्याम कुमार गुरूङ, कास्की आदर्शका सँस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गुप्त शेखर पौडेल, कास्की आदर्शका सँस्थापक सदस्य तथा पुर्व भलिबल खेलाडी एवं अफिशियल प्रकाश गुरूङ, समाजसेवीहरू राम बहादुर अधिकारी, भिम नारायण श्रेष्ठ, विकास शाही, शिव कुमार श्रेष्ठ, प्रेम बहादुर नेपाली, सेन्चुरी रेमिटका प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो।

नेपाली राष्ट्रिय गानका साथ बिधिबत रूपमा समुदघाटन भय पश्चात आयोजकको तर्फबाट प्रतियोगिता संयोजका तथा सँस्थाका उपाध्यक्ष सुरेन्द्र जि।शिले स्वागत मन्तव्य राखे पछि प्रमुख अतिथीले अफिशियललाइ बल हस्तान्तरण गरि खेल शुरूवात गरियको थियो ।

खेल जीवनको, अपरीहार्य अंग रहेको र जसले मानविय जीवन सदा स्वस्थ्य तथा सक्रिय रहन अनि तन्दुरूस्त बनिरहन सहयोग गर्छ र सवै मानवहरूको मानविय आवस्यकता पनि रहेको हुनाले यस्ता प्रतियोगिताहरू भइरहनु पर्ने आजको आवश्यकता रहेको कुरा बताउँदै तथा सवै समुदाय तथा सस्थाहरुले विभीन्न सामाजिक तथा साँस्कृतिक गतिवीधीहरु गरी रहदा खेलकुद विधालाई पनि समेटेर लैजानु पर्ने कुराम जोड दिनु पर्ने कुरा भलिबलका पुर्व खेलाडी तथा आयोजक कमिटीका सक्रिय सदस्य हिरालाल श्रेष्ठले बताउँदै यस्ता प्रतियोगिताहरूले नेपालीहरू बिच आपसी भाइचारा अभिवृदि हुने बताए।

उक्त प्रतियोगितामा युएई का विभिन्न भेग बाट सहभागी १७ भलीवल समुहको विचमा नकआऊट नियमवाट खेल खेलाईयको मा दुई समुहमा विभाजन गरीयको सामुहीक खेलवाट आफ्नो आफ्नो समुहवाट सेमी फाईनल ग्रुप ब् वाट ट्रान्सफास्ट टीमले स्याङ्जा वालिङ लाई पराजीत गरेको थियो भने समुह द्य वाट कालिगण्डकी टीमले पाल्पा समाजलाई पराजीत गरी फाईनलमा पुगेका थिए।

जव फाईनल घम्साघम्सी सुरु भयो पुर्व राष्ट्रीय खेलाडीहरु प्रेम भण्डारी, प्रेम शाही, ईश्वर घमाल अनि ऊदयमान खेलाडीहरु डायमण्ड वस्नेत, खुशी चौधरी जस्ता अनुभवी खेलाडीहरुको वर्चस्व रहेको ट्रासफास्ट टीम थियो भने कालीगण्डकी पनि नवप्रतीवान खेलाडीहरुको जमघट र राम्रो सेट टीम भयको हुदा सजीलै भनिहाल्न सकीने अवस्था थियन कस्ले प्रथम स्थान हात पार्ने भन्ने तर खेलमा केहीन केही लाभ त अनुभवी र अन्तर्राष्ट्रिय अनुभव ले फरक पार्छन नै जसले गर्दा आफ्नो ऊ जमनाको खेल प्रस्तुत गरी दर्शकको मन जीत्दै प्रतियोगितामा ट्रान्सफास्ट टीम ले प्रथम स्थान प्राप्त गर्न सफल भयो खेलको कुनै समय कालीगण्डकी बाटपनि चुनौतीपुर्ण खेल देखाऊदै दर्शकको समर्थन र गडगडाहट ताली पायका थिय। यसरी ट्रान्सफास्ट टीम प्रथम हुदै नगद दीह्राम २,५००। ट्रफी र मेडल साथमा गीफ्ट ह्याम्पर प्राप्त गर्न सफल भयो भने दित्तीय स्थान कालीगण्डकी टिमले नगद दिह्राम १,७५०। ट्रफी र मेडल साथमा गीफ्ट ह्याम्पर प्राप्त गर्न सफल भयो।

उक्त प्रतियोगिता भरी टेक्निकल सहयोग र रेफ्रीको भुमिकामा श्री कुण्डल सिंह, श्री श्याम कुमार गुरुङ, श्री प्रकाश गुरुङ, श्री हीरा लाल श्रेष्ठ, श्री ईश्वर घमाल, श्री प्रेम भण्डारी, श्री प्रेम शाही, श्री विष्णु कुमार श्रेष्ठ, श्री देव श्रेष्ठ, श्री अमृत गुरुङ, श्री सन्तोष गुरुङ, श्री देव लिम्वु रहनु भयको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी कालीगण्डकीका खेलाडी ऊत्तम श्रेष्ठले प्राप्त गरे।

अन्तमा प्रमुख अतिथी तथा आईएमी रीया मध्य पुर्व क्षेत्रिय प्रमुख श्री सरोज वस्नेत ज्युले सम्पुर्ण समुहका खेलाडीहरू, प्रथम र दोश्रो स्थान हासील गर्ने समुह लाई वधाइ दिदै प्रशंसा दिनुहुदै खेलाडी समाजका नमुना र सम्पती हुन आफुले खेलप्रति त्यति नै चासो र सहभागीता जनाऊदै आईरहदा आज यस घडीमा औपचारीक रुपमा प्रथम पटक आईएमी रीया प्रथम भलीवल कप आयोजना गर्न कास्की आदर्श सेवा समाजले पुर्ण रुपले जीम्मेवारी लिदै सभ्य अनि भव्य साथ सम्पन्न गराउँदै गर्दा आफु र आफ्नो कम्पनीले धन्यवाद व्यक्त गर्दछ भन्नुहुदै सम्पुर्ण दर्शक विच गोलागरी ६ जना भाग्यमानी दर्शकलाई पुरस्कार समेत प्रदान गर्नु हुदै सवैले वैधानिक तवरले विश्वसीलो माध्यम आईएमी वाट पैसा पठाऊन सुझाव दिए।

अन्तमा समाजका अध्यक्ष तथा सभापति मनोज कुमार सैंजुले प्रथम र दोश्रो हुने समुहलाई बधाई दिँदै सहयोग सम्पूर्ण आईएमी रीया मध्य पुर्व प्रमुख सरोज बस्नेत, हिरालाल श्रेष्ठ, प्रायोजक एवं सहयोगदाता लगायत सबैमा कृतज्ञता व्यक्त गर्दै कार्यक्रम विसर्जनको घोषणा गरेका थिए। कार्यक्रम समाजका महासचिव केदार कुँवरले सञ्चालन गरेका थिए।

 

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।