दर्शकलाई लाग्यो गायक बिमलको ‘रुपको झड्का’ (भिडियोसहित)

माघ २८, काठमाडौं । ‘घरबेटी बा’ बोलको गीतबाट चर्चा कमाएका युवा गायक विमल गौतमले ‘रुपको झड्का’ गीतबाट थप चर्चा कमाएका छन् ।

मोडल एवं नायिका एलिसा राईले मोडल तथा कोरियोग्राफर गम्भिर विष्टको टिमलाई भिडियोमा उतारेर विमलले संगीतप्रमीहरुलाई नयाँ स्वाद चखाएका हुन् ।

एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका बिमलको गीतमा एलिसा र गम्भीरको दमदार डान्स हेर्न सकिन्छ । बुढासुब्बा म्यूजिक कम्पनीमार्फत युट्युवमा सार्वजनिक गरिएको गीतमा गायक आफैँले संगीत गरेका छन् भने आफैंले प्रकाश श्रेष्ठसँग सहकार्य गरेर गीतको शब्द तयार पारेका छन् ।

एलिसा र गम्भिरसँग नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ । भिडियोको निर्देशन गम्भिर आफैँले गरेका छन् । ‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेको छ ।’

कमेन्ट गर्नुहोस्