बिकास पौडेल/सौल। हिमालयन बैंक लि. र एनएनपीकोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवासम्बन्धि सम्झौता भई रेमिट्यान्सकारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुन स्थित एनएनपी कोरियाकम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंककाडेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारीअधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारकोशुभारम्भ भएकोे हो।
रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा आयोजित औपचारिक रात्रीभोजमादक्षिण कोरियाका लागि नेपालका राजदूत अर्जुन जंग बहादुर सिंह लगायतनेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी, नेपाल राष्ट्र बैंककाविदेशी विनिमय व्यवस्थापन विभागका का. मु उप-निर्देशक मीना अधिकारी,हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा, युमा श्रेष्ठ तथा क्युएस रेमिट दक्षिण कोरिया तर्फबाट कम्पनी अध्यक्ष लिजोङ्ग टिइग तथा संचालक मिनसियो पार्क र अन्य विशिष्ट व्यक्तिहरुकोउपस्थिति थियो।
जोङ्ग टिइगले यस सहकार्यबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सरलर सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने जानकारी दिए। दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृतिप्राप्तरेमिट्यान्स कम्पनी मध्ये एक क्युएस रेमिट मार्फत नेपाल आउने विप्रेषणहिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढीहिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ।
हिमालयन बैंक लि। तथा एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)बीचको यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजारनेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकलेजनाएको छ।