रियाल र दिर्हामको मूल्य बढ्यो, ओरालो लाग्यो रिंगिट

काठमाडौं, माघ २८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २२ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ रुपैयाँ छ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १४ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ०८ पैसा र विक्रिदर २६ रुपैयाँ २४ रहेको छ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र विक्रिदर ९ रुपैयाँ ५० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ २५ पैसा रहेको छ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७२ रुपैयाँ ५३ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

बिदामा रक्सी पियर सरकारी गाडीमा मस्ती, मन्त्रीकै पीएले मच्चाय कालिमाटीमा रमिता

श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

सरकारको बन्ने सुरसार नहुँदै माअ‍ोवादी केन्द्रमा विवाद शुरु, कसले गर्दैछ नेतृत्व ?

कमेन्ट गर्नुहोस्