दाइजो नपाएपछि श्रीमान्‌ले नै चोरे शल्यक्रियाको बहानामा विरामी श्रीमतीको मृगौला !

गते प्रकाशित

एजेन्सी । भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए।

नामिबियालाई पराजित गरेको नेपाल आज ओमनसँग भिड्दै

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, यस्ता बिषयमा छलफल हुँदै

सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको देखाएको थियो। ती महिलाले उनका श्रीमान्‌ले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन्।

परम्परागत रूपमा बेहुलीका परिवारले बेहुलाको परिवारलाई दिने दाइजोमाथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो। भारतीय सञ्चारमाध्यमसँग बोल्दै पीडित भनिएकी रीताले आफू दाइजोका कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएको बताएकी छन्।

हिन्दूस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, ‘मेरा श्रीमान्‌ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए।’

आमा विवाहमा गएका बेला सिरकभित्र निसास्सिएर १ बर्षीय बालकको मृत्यु

प्रदेश ६ : कांग्रेस संंसदीय दलको नेतामा जीवन शाही चयन

मेरो श्रीमान्‌ले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए। महिनौँपछि उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याए। उपचारका क्रममा उनको दाहिने मृगौला नभएको पत्ता लागेको उनले बताइन्। दोस्रो परीक्षणले उनको मृगौला नभएको प्रमाणित भयो।

मैले त्यसपछि बुझेँ किन मेरो श्रीमान्‌ले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए, उनले हिन्दूस्तान टाइम्सलाई बताएकी छन्। मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मृगौला बेचेका हुन्।

आमा विवाहमा गएका बेला सिरकभित्र निसास्सिएर १ बर्षीय बालकको मृत्यु

प्रदेश ३ : मुख्यमन्त्रीको रिंगबाट राजेन्द्र पाण्डे आउट, शाक्य र पौडेल प्रतिस्पर्धामा

यो पनि पढ्नुहोस् :   जवान देखिन बोसो प्रत्यारोपण, कस्तो अवस्थामा गर्ने, कति सुरक्षित ?

द टेलिग्राफले प्रहरी निरीक्षक उदयशंकर घोषलाई उद्धृत गर्दै लेखेको छ, हामीले अवैध धन्धामा संलग्नता रहेको आशंका गरेका छौँ। मानव अंग प्रत्यारोपण प्रावधानअन्तर्गत हामीले मुद्दा दर्ता गरेका छौँ। हामीले तीन जनाविरुद्ध हत्या प्रयास र श्रीमतीलाई यातना दिएको अभियोग लगाएका छौँ।

 

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।