एजेन्सी । अमेरिकाको सिएटलबाट एन्कोरेजका लागि उडेको एउटा जहाज पुनः एन्कोरेज विमानस्थलमै फिर्ता गराइएको छ । मध्य आकाशमा उडिरहेको उक्त अलास्का एयरलाइन्स-146 को जहाजभित्र एकजना यात्रुले रेस्टरुम भित्र छिरेर नांगै निस्किएर तमासा देखाएपछी जहाजलाई उडान भरेकै विमानस्थलमा फर्काईएको हो।
संचारमध्यमहरुले जनाए अनुसार उक्त जहाजमा नांगै तमासा देखाउंदै गरेका यात्रुलाई एयर होस्टेजहरुले कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि बारम्बार आग्रह गरेपनि उनले अस्विकार गरी नांगै उफ्रिन थालेका थिए । त्यसपछि जहाजको पाइलटलाई उक्त परिस्थितिको जानकारी गराइएको थियो।
लगत्तै पाइलटले जहाजलाई सिएटल लग्नुको साटो फर्काएर एन्कोरेज नै फिर्ता गराउन छिटो हुने ठानी जहाज मोडेका थिए। उक्त रातको तीन बजे एन्कोरेज विमानस्थलमा फिर्ता भएर अवतरण गरियो। जहाज अवतरण भएपछि एफबिआई र प्रहरीले जहाजभित्रबाट उक्त व्यक्तिलाई बाहिर निकाल्यो । ती मानिसलाई बाहिर निकालेपछि साढे ६ बजे पुन: पाइलटले जहाजलाई सिएटल तर्फ उडाएका थिए।
Passengers on Seattle flight last night got sent back to ANC after naked man barricaded himself in bathroom. Witness sent us video. @ktva pic.twitter.com/8cb6zx7pkG
— Liz Raines (@lrainesktva) February 7, 2018
प्रदेश ३ : मुख्यमन्त्रीको रिंगबाट राजेन्द्र पाण्डे आउट, शाक्य र पौडेल प्रतिस्पर्धामा