ह्वात्तै घट्यो सुनको मूल्य

गते प्रकाशित

काठमाडौं । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ७ सय रुपैयाँ घटेर बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । त्यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । सुनको मूल्य घटेसँगै कारोबार बढ्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।