फेसबूक अकाउन्ट ह्याक हुनबाट यसरी बचाउनुस्

गते प्रकाशित

काठमाडौं । सामाजिक सञ्जालमध्ये फेसबूक नै प्रयोगकर्ताहरूले सबभन्दा धेरै प्रयोग गर्ने साइट हो । फेसबूकमा नै मानिसहरूले आफ्नो जानकारी सबभन्दा बढी शेयर गर्छन् । त्यसैले यो सुरक्षित हुनु जरूरी छ।

फेसबूक आफैंले अनेकौं टूल दिएर युजरहरूलाई अकाउन्ट सुरक्षित राख्ने उपाय सिकाएको छ। सबभन्दा पहिले फेसबूक अकाउन्ट लगइन गर्नुस् र टप राइटमा रहेको उल्टो त्रिकोणमा क्लिक गर्नुस्। त्यसपछि सेटिङमा जानुस्।

त्यहाँ लेफ्टमा रहेको सेक्युरिटी एन्ड लगइन नामक मेनुमा क्लिक गर्नुस्।

त्यहाँ तपाईंले ती तमाम ग्याजेटका लिस्ट देख्नुहुनेछ जसमा तपाईंले लगइन नगर्नुभएको हुनसक्छ । त्यसो हो भने तपाईंको अकाउन्ट ह्याक भएछ। त्यस्ता डिभाइसमा दिइएका तीनवटा थोप्लामा क्लिक गर्नुस् । त्यहाँ तपाईंले नट यु भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुस् ।

अब फेसबूकले तपाईंलाई अकाउन्ट सेक्योर गर्न भन्छ र तपाईंलाई अकाउन्ट सुरक्षित राख्नका लागि विस्तृत विवरण दिन्छ जसमा सुरक्षा बलियो बनाउने विकल्पहरू दिइन्छन्।

हरेक डिभाइसका लागि लगआउट अप्सन पाउनुहुनेछ अनि लिस्टको अन्त्यमा तपाईंले एकैचोटिमा सबै सेसनबाट लगआउटको अप्सन पाउनुहुन्छ ।

फेसबूक अकाउन्ट सुरक्षित राख्नका लागि तपाईंले टु फ्याक्टर अथेन्टिकेसन पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई इनेबल गरेपछि तपाईंले नयाँ डिभाइसमा लगइन गर्दा एसएमएस पाउनुहुन्छ । अनि तपाईंले ट्रस्टेड कन्ट्याक्ट्स पनि छान्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट ह्याक भएमा यसको सहायताले अकाउन्ट अनलक गर्न सक्नुहुन्छ ।

अनि अलर्ट इनेबल गर्नुभए पनि हुन्छ । अन्य डिभाइसबाट तपाईंको अकाउन्ट लगइन भएमा तपाईंले एउटा मेसेज पाउनुहुनेछ । यो मेसेज एसएमएस वा इमेलमा आउन सक्छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।