यातायात व्यवसायीमा चुनावी सरगर्मी, खनालको एजेण्डाले यातायात व्यबसायी हर्षित !

माघ ६, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा चुनार्वी सरगर्मी वढेको छ । यही माघ १७, १८, १९ गते चितवनमा हुन लागेको महाअधिवेशनमा दुई प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यसअघि कार्यबहाक अध्यक्षको जिम्मेवारी समेत पाइसकेका डोलनाथ खनाल नेतृत्वको प्यानल लोकतान्त्रिक बाम नेतृत्वको समावेशी समूहको रुपमा प्यानल बनाएर प्रचार प्रसारमा छन् भने प्रजातान्त्रिक प्यानलबाट महासंघका पूर्व अध्यक्ष योगेन्द्र कर्माचार्य चुनावी मैदानमा छन् । चुनावी सरगर्मी वढेसँगै अध्यक्षका दाबेदार सँगै पदाधिकारीकका दाबेदारहरु चुनावी प्रचार प्रसारकै क्रममा देश दौडाहामा लागिसकेका छन् ।

अध्यक्षका दाबेदार खनाल चुनावी प्रचारप्रसारकै क्रममा बिभिन्न स्थानहरु हुँदैं वीरगन्ज पुगेका छन् । समावेशी वामगठबन्धनको प्यानलबाट महासंघका कार्यवाहक अध्यक्ष खनालको नेतृत्वको वरिष्ठ उपाध्यक्ष दिपक अधिकारी र भरत तिमल्सेना, उपाध्यक्ष जीतवहादुर भारती, मीनबहादुर मानन्धर, शरद अधिकारी, उपाध्यक्षमा (मालवाहक) यादवलाल श्रेष्ठ र महासचिवमा पुन्यप्रसाद (सरोज) सिटौला रहेका छन् भने यसैगरी उप–महासचिवमा डेगनाथ गौतम र बसन्त भण्डारी, कोषाध्यक्ष हेमन्त शेरचन, सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र पर्यटन तर्फको वर्गिय संयोजकमा पुरुषोत्तम सिंखडाको उम्मेद्वारी घोषणा गरेको हो ।

चुनावी नतिजा आफ्नो पोल्टामा पार्नका लागि उम्मेद्वारहरुले आ आफ्ना एजेण्डाहरु प्रस्तुत गरेका छन् । खनालले विगतलेखि नै मूलतः सवारी इजाजत पत्र प्राप्त भएपछि मात्र बाहिरबाट नेपालमा सवारी साधन भित्र्याउन पाउनुपर्ने नीति, विग्ररिएमा पुराना साधनहरुको पनि चेक जाँच गर्ने वैकल्पिक पद्धतिको खोजी लगायतका एजेण्डाहरु अघि ससारेका छन् ।

यता, कर्माचार्य अध्यक्षको नेतृत्व सहित वरिष्ठ उपाध्यक्षमा विजया बहादुर स्वांरको टुंगो लागेको र अन्य बाँकी उम्मेद्वारको भने ७ गते सम्ममा टुंगो लाग्ने स्रोतले बताएको छ ।

राष्ट्रिय महाधिवेशनबाट आउने नेतृत्वले ३ तीन बर्षसम्म सिंगो यातायात व्यवसायीहरुको प्रतिनिधित्व गर्ने भएको हुंदा यसले यातायात व्यवसायीको भाग्य र भविष्य समेत निर्धारण गर्ने छ ।

कमेन्ट गर्नुहोस्