ड्रोन उडाउने एक भारतीय पक्राउ

गते प्रकाशित

काठमाडौं । सरकारसँग अनुमति नलिई नेपालमा ड्रोन उडाउन पाइन्न। ड्रोनको सहायताले संवेदनशिल ठाउँको तस्बिर खिच्ने तथा गोप्य सूचना चुहिन सक्ने भन्दै अनुमति नलिई ड्रोन उडाउन नपाईने व्यवस्था नेपालमा छ। तर बेलाबेलामा अटेर गरी ड्रोन उडाउने गरिएको छ।

यस्तै काठमाडा्रंको बुढानिलकण्ठमा एकजना बिदेशीलाई ड्रोन उडाइ रहेको बेला प्रहरीले पक्राउ गरेको छ।

बुढानिलकण्ठ नगरपालिका–३ स्थित एउटा घरमा डेरा गरी बस्दै आएका भारत सिक्किमका २० वर्षीय टोप्तेन लामालाई घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा ड्रोन र रिमोट सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा २१ जना भारतीय नागरिकहरु बस्दै आएका छन्।

लामाले उडाएको उक्त ड्रोन दरबारमार्गस्थित राईजिङ मलबाट मनोरञ्जनको लागि भन्दै गत मंसिर ८ गते किनेको बताएका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीलाई प्रदेश २ मा भव्य स्वागत गरिने , ओली धनुषा आउँदै

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।