वरिष्ठ नेता पौडेलले दिए माघी पर्वको शुभकामना

३० पुस, काठमाडौैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पौडेलले पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दे नेपाल विविध जाति, भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेको मुलुक भएको र यसकै माध्यमबाट राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउन सहयोग पुरयाएको सन्दर्भमा नेपाली चाडपर्व र संस्कृतिको एक अभिन्न अंगका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले पनि नेपालीहरुबीच आपसी प्रेम, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

भोली माघ १ गते देशैभर हर्षोउल्लासका साथ माघी पर्व मनाईंदैे छ ।

कमेन्ट गर्नुहोस्