संखुवासभामा जीप दुर्घटना, मकालु गाउँपालिकाका अध्यक्षसहित पाँच जनाको मृत्यु

गते प्रकाशित

संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु ३ समाटार भन्ने स्थानमा जीप दुर्घटना भएको थियो। संखुसभाको सदरमुकाम खादबारीबाट भोटखोलाको बरुण मेला हेर्न जाने क्रममा जीप दुर्घटनामा परेको थियो।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको मृत्यु भएको संखुवासभा प्ररीले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कटवाल एमालेका तर्फबाट गाबिस अध्यक्ष विजयी भएका थिए।

बा ५ च १३०९ नम्बरको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको शंखुवासभाका प्रहरी इन्सिपेक्टर बेद प्रसाद गौतमले लोकान्तरलाई जानकारी दिए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सञ्‍चालक देवकोटाको निधनपछि न्यूरो अस्पतालको नाम परिवर्तन

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।