ज्याकलिनलाई नेताले तिरे तीन मिनेटको ७५ लाख

गते प्रकाशित

बलिउड नायिका प्रियंका चोपडाले एक अवार्ड कार्यक्रममा चार मिनेटको प्रस्तुतिका लागि १ करोड २५ लाख लिएको चर्चा सेलाउन नपाउँदै अर्की नायिकाको यस्तै खबर आएको छ।

पूर्व मिस श्रीलंका तथा बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिजलाई उत्तर प्रदेश सरकारले तीन मिनेटका लागि ७५ लाख रुपैया तिरेको छ। उनलाई उत्तर प्रदेशमा एक महोत्सवका दौरनज तीन मिनेटको प्रस्तुतिका लागि यति रकम खर्चिएको हो। महोत्सवमा आएका मन्त्री, सरकारी अधिकारी र व्यापारिक घरानाका व्यक्तिहरु सहभागी थिए।

उक्त कार्यक्रममा उनले सलमान खानको बचाउ गर्न पनि भ्याइन् । केही दिनअघि सम्पन्न श्रीलंकाको राष्ट्रपतिय निर्वाचनमा सलमानले महिन्दा राजापाक्षेका लागि भोट नमागेको र एक च्यारिटी शोमा भाग लिन गएको बताईन् । राजापाक्षेलाई भोट मागेको भन्दै सलमानको घर बाहिर भारतका तमिल समुदायमा मानिसहरुले प्रदर्शन नै गरेका थिए।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।