फेसबुकले गर्दै छ नयाँ परिवर्तन, अब देखिने छैन यस्ताे

गते प्रकाशित

समाचार, व्यापार, ब्राण्ड तथा मिडिया सम्बन्धी फिडको मामलामा फेसबुकले व्यापक परिवर्तन गर्ने तयारी गरेको छ।

फेसबुकका प्रमुख मार्क जुकरवर्गले आफ्नो फेसबुक वालमा यसको जानकारी दिएका हुन्।

उनका अनुसार फेसबुकमाथि परिवारका सदस्यबीच तथा साथीहरुबीचको संवादलाई बढावा दिने सामाग्रीलाई प्राथमिकता दिइने छ।

फेसबुकको माध्मबाट आफ्नो पोस्ट धेरै भन्दा धेरै मानिसमा पुराउने समाचार, व्यापारिक विषयवस्तुको लोकप्रियतामा कमी आउनसक्ने जनाएको छ। फेसबुकको यो वदवाल आगामी हप्तादेखि देखिने छ।

मार्क जुकरवर्गले लेखेका छन्, हामीलाई यस्तो प्रतिक्रिया मिलेको छ की व्यापार, ब्राण्ड तथा मिडियाको पोस्टले मानिसको निजि क्षणलाई छिनिरहेको छ जसले हामीलाई एक अर्काबीच जोड्न सक्छ।’

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   फेसबुकले स्विकार्योः प्रयोगकर्ताको किबोर्ड र माउसको गतीमा निगरानी, फोनको ब्याट्रि कति छ त्यो पनि थाहा छैन

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।