माओवादीका बिना विभागीय मन्त्रीद्वारा राजीनामा

गते प्रकाशित

काठमाडौँ। माओवादीका बिना विभागीय मन्त्री राजीनामा दिएका छन्। माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि समा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाएका थिए। चार महिना अघि बिना विभागीय बनेपनि अहिलेसम्म राजीनामा नदिएका माओवादी मन्त्रीहरूले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।

चार महिना अघि बिना विभागीय बनेपनि अहिलेसम्म राजीनामा नदिएका माओवादी मन्त्रीहरूले आज प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएर सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता गिरिराजमणि पोखरेलले भने, ‘हामीले प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका छौँ, उहाँले पनि पत्र बुझ्दै धन्यवाद भन्नुभयो’ साथै उनले बिना विभागीय भएदेखिको पारिश्रमिक पनि नलिने बताए।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री रहेको वर्तमान सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका नौ जना मन्त्री र सात राज्यमन्त्री सहभागी थिए। पार्टी अध्यक्ष प्रचण्डको पत्र दिएर विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय पुगेका थिए।

प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन्। पत्रमा भनिएको छ, तर, आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।