बञ्चरो प्रहार गरेर सौताको हत्या

गते प्रकाशित

सल्यान, २८ पुस ।  जिल्लामा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ ।

बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । चन्दकोे खोजी र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकको भनाइ छ । मृतक खत्रीका तीन छोरी र एक छोरा छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कोशी नदीमा ट्रक खस्यो, २ जनाको मृत्यु

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।