सडककेन्द्रित आन्दोलन सुरु गर्ने राप्रपाको तयारी

गते प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको राप्रपाका अध्यक्ष कमल थापाले जनताले आफ्नो पार्टीलाई सडकमा हेर्न चाहेको भन्दै आन्दोलन सुरु गर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै थापाले आन्दोलनमा उत्रने बताएका हुन् । ‘जनताले हामीलाई सदनमा होइन, सडकमा हेर्न चाहेका छन्’, थापाले भने, ‘त्यहीअनुसार हामी सडककेन्द्रित कार्यक्रमहरु सञ्चालन गर्छौं ।’ आफ्नो पार्टीले निर्वाचनमा कल्पना नगरेको मतपरिणाम भोग्नुपरेको भन्दै थापाले चुनावी पराजयको बारेमा समीक्षा र अध्ययन भइरहेको बताए ।

आगामी फागुनको अन्तिम साता केन्द्रीय परिषदको बैठक बोलाउने तयारी भइरहेको भन्दै थापाले पार्टी टुक्र्याएर गएका पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई र्फकन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विश्वकप फुटबल : अस्ट्रेलियालाई हराउँदै फ्रान्सको जीत

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।