विराट कोहली ५ रनमा आउट भएको रिसको झोँकमा फ्यानले आफैलाई आगो लगाए

गते प्रकाशित

बर्नोन फिल्यान्डरको उत्कृष्ट प्रदशर्नमा सोमबार भएको पहिलो टेस्ट म्याचमा दक्षिण अफ्रिकाले भारतलाई ७२ रनले हरायो ।

न्यूल्याण्ड्स क्रिकेट मैदानमा खेलिएको तीन टेस्ट म्याचको श्रृङ्खलाको पहिलो टेस्ट म्याचमा चार दिनभन्दा पनि कम समयमा जित हासिल गर्दै दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिको भ्रमणमा जानुभन्दा पहिले पनि भारत घरको मात्रै शेर हुने हो कि भन्ने चिन्ताले भारतीय टिमका प्रशंसकलाई सताएको थियो । भारतले खेलमा त्यति सुधार भने गर्न सकेको छैन । उता भारतको हारसँगै मध्य प्रदेशमा एउटा दुःखद खबर सार्वजनिक भएको छ ।

केपटाउन टेस्ट म्याचको पहिलो पारीमा भारतीय कप्तान विराट कोहली ५ रनमा आउट भएको खबर दुःखी भई आफूलाई जिउँदै जलाउने रिटायर्ड रेलकर्मीको उपचारका क्रममा ज्यान गएको छ ।

विराट कोहलीका ६५ वर्षीया फ्यान चार दिनदेखि अस्पतालमा भर्ना भएका थिए । यो घटना मध्य प्रदेशको रतलाम जिल्लाको हो । अम्बेडकर निवासी बाबूलाल बैरवाले शुक्रबार भारत र दक्षिण अफ्रिकाको बीचमा खेल भैरहँदा आफैलाई आगो लगाएका थिए । बाबूलाल विराट कोहली ५ रनमा आउट भएपछि निकै नै दुखी भएका थिए र उनले आफ्नो शरीरमा मट्टीतेल खनाएर आगो लगाएका थिए ।

विराट कोहलीका जर्बदस्त यी फ्यानलाई रतलामको जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको टाउको, अनुहार र हातमा आगो लागेको थियो । डाक्टरले चार दिनसम्म प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । बाबूलालका परिवारका सदस्यका अनुसार उनी कोठामा बसेर म्याच हेरिरहेका थिए । उनमा पहिलेदेखि नै क्रिकेट हेर्ने ठूलो शोख थियो ।

मेकानिकका रुपमा कार्यरत बाबूलाल बैरवाले विराट कोहली ५ रनमै आउट भएपछि टिम इन्डियाले हार्यो भने के हुन्छ भनेको बताइएको छ । त्यसपछि उनी आफैसँग रिसाएर किचेनमा गए ।

उनले आफ्नै शरीरमा मट्टीतेल खनाएर आगो लगाए । उनको चित्कार सुनेपछि परिवारका सदस्य तत्काल कोठामा पुगे पनि उनको शरीरको अधिकांश भाग जलिसकेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।